Logo

११ जेठ,वीरगञ्ज । वीरगञ्जको सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउनका लागी सुरु गरिएको काठमाडौं सम्मको पदयात्राको आज बिहिबार ८ औं दिन पुरा भएको छ । विभिन्न कठिन परिस्थितिको समाना गर्दै अभियन्ताहरु अहिले धादिङ्ग सम्म पुगेका छन् ।

संघिय सरकारलाइ दबाद दिने उद्देश्यका साथ पर्सा, बारा, रौटहट, सिरहा महोत्तरी तथा धनुषा लगायतका जिल्लाहरुबाट करिव ३५ जना समाजिक अभियन्ताको समुह नदीको प्रदुषित पानी लिएर गत विहिबार पैदल काडमाडौैं तर्फ प्रस्थान गरेका थिए ।

तर अहिले १० जना अभियन्ताको स्थास्थ्यमा सममस्या आएपछि उनीहरु घर तर्फ फर्केका छन् । पैदल यात्रामा अहिले १८ जना महिला र ७ जना पुरुष गरि २५ जनाको समुह एकजुट भएर नदिको प्रदुषित पानी कांधमा लिएर हिडेका छन् ।

प्रदेश र स्थानीय सरकारबाट केहि नभएपछि संघिय सरकारको ध्यानाकर्षण गराउन पैदल अभियानको सुरुवात गरीएको अभियानका राष्ट्रय संयोजक सुनिल कुमार यादवले बताउनुभयो । अभियानमा हिडेको ८ दिन बिति सक्दा समेत अहिले सम्म सम्बन्धि निकायको कुनै चासो नदेखाएको उहाँले बताउनुभयो ।

अभियान सुरु गर्नु अभि वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह संग भेटेर नदिको प्रदुषणको बारेमा जानकारी गराउदाँ मौखिक रुपमा आफुहरुको साथ र सहयोग रहेको संयोजक यादवले बताउनुभयो । स्थानीय सरकार देखी केन्द्रिय सरकारलाइ समेत नदि प्रदुषणको विषयमा कुनै चासो नभएको उहाँको भनाइ छ ।

अहिले केन्द्रिय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल हुनुहुन्छ । उहाँको गृह जिल्ला पर्सा रहेतापनि आफ्नै जिल्लाको समस्या प्रति उनी गम्भिर नभएको कुरा दुखद भएको अध्यक्ष यादवको भनाइ छ ।

यता मन्त्रि रिजालका स्वकिय सचिव राकेश यादवले फेसबुकमा जानकारी भएपनि अहिले सम्म यस विषयमा आधिकारीक जानकारी नआएको बताउनु भयो । तर अभियन्ताहरु काठमाडु पुगेपछि मन्त्रि रिजालसँग यस विषयमा कुराकानी गर्ने उहाँको भनाइ छ ।

वीरगञ्ज महानगरका मेयर सिंह संग यस विषयमा बुझ्दा आफु तन मन धनले अभियन्ताहरुको साथमा रहेको बताउनु भयो । तर सिरिसिया नदीकोलागी महानगरले गर्दै छ त यस विषयमा मेयर सिंह संग कुरा गर्न खोज्दा खुलेर बोल्न मान्नुभएन ।

 


सम्बन्धित समाचार