Logo

११ जेठ,पचगावाँ,पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सथवल स्थित श्री राम जानकी मन्दिर बिहबिार श्री श्री १०८ श्री विष्णु महायज्ञ एवम श्री लक्ष्मीनारायण राधाकृष्ण प्राण प्रतिष्ठानको कलश यात्रा सम्पनन भएको छ ।

कलस यात्रा कोईलाभर जलाशयमा जल भरी विभिन्न गाउँ बस्ती परिक्रमा गरी सथवल मन्दिरमा विराम गरिएको विष्णु महायज्ञ समितिका अगुवा एवंम् पुर्व प्रधानाध्यापक भागवत प्रसाद चौधरीले वताए । गाउँ समाजमा सबैको कल्याण,मानवता,दया,प्रेम,सदभाव धर्म,सत्य ज्ञान प्रदान र भगवान सबैको लागी सत्बुद्धि देओस भनी श्री श्री १०८ श्री श्री विष्णु महायज्ञको आयोजना गरिएको यज्ञ कर्ता श्री श्री १०८ श्री महन्थ लक्ष्मण दास त्यागीले वताए ।

महायज्ञमा रामलिला,प्रवचन र मनोरञ्जनको लागी खेल तमासा,भक्ती भजन,किर्तन,लगाएतको व्यवस्था रहेको महायज्ञ व्यस्थापाक भवत प्रसाद चौधरीले जानकारी दिए ।समाजमा सुख शान्ति समृद्धि र सबैको कल्याण गर्ने उदेशयसका साथ यज्ञको आयोजना गरिएको यज्ञ आचार्य पण्डित कुणाल कुमार दुवेदीले वताए् ।यज्ञ अगामी २० गते समापन हुने यज्ञ समितिले जनाएको छ ।


सम्बन्धित समाचार