Logo

१२जेठ,काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूको बयान लिन सुरु भएको छ। पक्राउ परेका १६ जनाको शुक्रबारबाट बयान लिन सुरु भएको हो।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीशसमक्ष उनीहरूको बयान लिइनेछ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोज्ने ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

यो प्रकरणमा १६ जना पक्राउ परेका छन् भने १४ जना अझै फरार छन्। उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रिय हितविरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ।


सम्बन्धित समाचार