Logo

१३ जेठ,वीरगञ्ज । जिल्ला विपद् ब्यवस्थापन समिती पर्साको बैठकले ४ महत्वपूर्ण निर्णय गरेको छ । जिल्ला विपद् ब्यवस्थापन समितीका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले बिगतका निर्णयहरु समिक्षा गर्दै अगामी दिनको विपद् जोखिमलाई ध्यानमा राखेर सम्बद्ध निकायलाई तयारी अवस्थामा रहन निर्णय गरेको छ ।

यस वर्षको लागी विवरण अधावधि गरी तयार गरिएको मनसुन पुर्ब तयारी तथा प्रतिकार्य योजना २०८० लाई पनि बैठकले स्वीकृत गरेको छ । यस बर्षमा सम्मपुर्ण निकायले मन्सुन अन्य विपद् जस्तै डुबान, बाढी जस्ता विपद् खोज तथा उद्दार र राहत यसै योजना बमोजिम गर्ने गराउने गरी पनि निर्णय गरेको छ ।

मनसुन पुर्ब तयारी तथा प्रतिकार्य योजना किटानी गरे अनुसार सबै स्थानिय तहहरु, सुरक्षा निकाय लगायतका आफनो जिम्मेवारी निर्वाह गर्ने, जनशक्ति, उपकरण एवम् स्रोत साधनको यथोचित ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले नेपाली सेना श्रीजंग गणले भोलिदेखी २० गते सम्म संचालन हुने विपद् न्युनिकरण तथा अभ्यास मनसुन सम्बन्धी कार्यक्रमको बारेमा जानकारी गराउनुका साथै सबै सुरक्षानिकायं एवम् सरोकार वालाहरुलाई गणद्वारा आयोजित कार्यक्रममा सहभागी हुन समेत आग्रह गरेको छ ।


सम्बन्धित समाचार