Logo

१३ जेठ,काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु भ्रष्टाचारको विरुद्ध लागेकाले केही सयमभित्र भ्रष्टाचार विरुद्ध ठूला ठूला ’एक्सन’ हुन लागेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

यस्तै उहाँले आफूहरु नेतृत्वमा गएदेखि असफल पार्ने तत्व लागिपरेको पनि बताउनुभयो । उहाँले आफूहरु जनयुद्धमा जसरी भ्रष्टाचार विरुद्ध लागेकाले कतिबेला जोखिममा परिने हो भन्ने थाहा नभएको पनि उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौँ जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा पनि साथ दिने दाबी गर्नुभयो ।


सम्बन्धित समाचार