Logo

१३ जेठ,वीरगञ्ज । नेपाल प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा प्रभात फेरी निकालिएको छ । नेपाल प्रेस युनियन पर्सा शाखाको आयोजनामा आज बिहान निकालिएको प्रभात फेरि वीरगञ्जको घण्टाघर चौक हुदैँ माईस्थान, आदर्शनगर, घडीअर्वा पोखरी हुदै नगर परिक्रमा गरि पुन घण्टाघर चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले देश अहिले आर्थिक र राजनीतिक संकटमा परेकाले नेपाली पत्रकारितालाइ अझै सबल र बलियने बनाउनुपर्ने आवश्यकता भएको जानकारी दिनुभयो ।

नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी, निलिमा पौडेल र दिलिपराज कार्की लगायतको उपस्थित रहेको थियोे ।


सम्बन्धित समाचार