Logo

१३ जेठ,वीरगञ्ज । बचतकर्ताहरुले जम्मा गरेको रकम लिएर फरार भएका जिल्ला हुलाक कार्यालय बाराका प्रमुख पक्राउ परेका छन्।बचतकर्ताले जम्मा गरेको रकम लिएर फरार रहेका हुलाक कार्यालय बाराका प्रमुख ५० बर्षीय बलिराम प्रसाद कुर्मी पक्राउ परेका हुन्।

उनले जिल्ला हुलाक कार्यालय मातहत नै रहेको हुलाक बचत बैंक बारामा बचतकर्ताले जम्मा गरेको एक करोड ९५ लाख ३४ हजार ९६६ रुपैयाँ लिएर सम्पर्क बिहीन भएका थिए।

बचतकर्तालाई आज दिन्छु भोलि दिन्छु भन्दै रकम हिनामिना गरि फरार भई सम्पर्कबिहीन भएका कुर्मीलाई पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए।

कुर्मीउपर ठगीसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।


सम्बन्धित समाचार