Logo

तस्वीर प्रमोद यादव

१३जेठ,सेढवा । ग्रामीण पत्रकार समाज पर्साको पहिलो बैठक आज पटेर्वासुगौली गाँउपालिकामा सम्पन्न भएका छन। पटेर्वासुगौली गाँउपालिका वडा नं २ मा रहेका पर्यटकीय स्थल भुमुरी माईमा सो बैठक सम्पन्न भएका छन।

बैठकले ग्रामीण भेगमा फैलिएका अबैद्ध गतिविधिका पत्रकारितालाई हटाउन तथा पत्रकारिताको मूल्य र मन्यातालाई स्थापित गर्न पत्रकारिता अचारसंहिता कायम गर्ने निर्णय गरेका छन।

यसका साथै समाजका उत्थान र आम नागरिकका लागि पत्रकारिता गर्ने निर्णय गरिएका छन। बैठकले स्थानीय पालिकासँग सम्नव्य गरी पालिका स्तरीय सूचना संकलन गरी सामाचार संप्रेषण गर्ने समेत निर्णय गरिएका छन। नेपाल प्रहरी , शस्त्र प्रहरी तथा नेपाली सेना लगायतका सुरक्षा एकाईसंग भएका सूचनाका लागि सहकार्य गरी गाँउबाटै सूचना प्रवाह गरिने वातावरण मिलाउने, र ग्रामीण पत्रकारहरुको लागि क्षमता अभिवृद्धि तालिम गर्ने निर्णय गरिएका समाजका उपाध्यक्ष प्रमोद प्रसाद यादवले बताए।

भूमरीमाई धार्मिक सामाजिक पर्यटन समिति पटेर्वासुगौली-२ रंगपुरका अध्यक्ष कुमार बस्नेतको सहभागिता र समाजका अध्यक्ष धर्मेन्द्र चौरसियाको सभापतित्व तथा नेपाल पत्रकार महासंघ पर्साको अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथयमा कार्यक्रम सम्पन्न भएका थिए कार्यक्रममा नेपाल महासंघ पर्साका कार्य समितिका सन्जिव मिश्रा,तिवारी यादव,अन्य पदाधिकारीहरुको सहभागिता रहेका थिए।ओमप्रकाश चौधरी/प्रमोद यादव

 

 


सम्बन्धित समाचार