Logo

१४ जेठ,विराटनगर । कोशी प्रदेश सभाको बैठक अवरुद्ध गर्न सक्रिय २३ जनालाई प्रहरीले पक्राउ गरेपछि विराटनगर तनावग्रस्त बनेको छ ।

विराटनगरका विभिन्न स्थानबाट कोशी प्रदेश सभाको बैठकमा सहभागी हुन जाने प्रदेश सभा सदस्यहरूलाई अवरोध पु¥याएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष सहितका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए । उनका अनुसार प्रहरीले उप महासचिव दिपा लावतीलाई पनि पक्राउ गरेको छ ।

कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १७ जना कार्यकर्तालाई विराटनगरस्थित देवकोटा चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू प्रदेश सभा घेराउ गर्ने उद्देश्यले जम्मा भएका र साथबाट गुलेली लगायतका घरेलु हतियार समेत बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले बताए ।

कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका विभिन्न पहिचान वादी पार्टी र संघ संस्थाले प्रदेश सभा घेराउको कार्यक्रम राखेका छन् । उनीहरूले शनिबार बाटै विराटनगरमा प्रदर्शन गर्दै आएका छन् ।

विराटनगरमा हुने प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट नेता पहिचान वादी संघ संस्थाका नेता तथा कार्यकर्ताहरू विराटनगर केन्द्रित भएका छन् ।

प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिको आयोजनामा गर्न लागिएको प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा अवस्था कडा बनाइएको बास्तोलाले जानकारी दिए ।

स्थानन्ीय प्रशासनले शनिबारबाटै प्रदेश सभा सचिवालय आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रहरीले सुरक्षा जाँच तीव्र बनाएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी दिए ।

कोशी प्रदेशको बर्खे (बजेट) अधिवेशन आजबाट सुरू हुँदैछ। प्रदेश सभा बैठक दिउँसो २ बजेलाई बोलाइएको छ।

पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेश सभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो।


सम्बन्धित समाचार