Logo

१५ जेठ,बारा । बाराको जितपुरसिमरा उपमहानगर अन्र्तगतका विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालनमा आएको छ । स्वास्थ्य जिवनशैली विद्यालयबाट नै सुरु गर्नुपर्ने उद्देश्यका साथ विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालनमा ल्याईएको उपमहानगरले जनाएको छ ।

कार्यक्रम उपमहानगर अन्र्तगतका २४ वटै वडाको प्रत्येक वडा र टाँगीयाबस्तीको एक गरी २५ वटा विद्यालयमा सञ्चालन हुने उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रवि भाष्करले जानकारी दिनुभयो ।

पहिलो चरणमा उपमहानगरपालिकाले प्रत्येक विद्यालयका एक जना शिक्षक र एक जना शिक्षिकालाई स्वास्थ्य दुतको रुपमा छानेर उनीहरुसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यक्रम लागु भएको विद्यालयमा योजनाबद्ध रुपले दन्त शिविर, आँखा तथा कान चेकजाँचको शिविर, स्वास्थ्य चेकजाँच, स्किमिङ्ग गर्ने, जुकाको औषधी वितरण, किशोरीहरुका लागि आईरन चक्की वितरण, प्राथमिक उपचारको व्यवस्थापन लगायतका कार्य गरिनेछ ।

उपमहानगरपालिकाको आन्तरिक बजेटबाट सञ्चालनमा ल्याईएको सो कार्यक्रमले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा सुधार भई शैक्षिक उपलब्धि हासिल गर्न महन्तपूर्ण योगदान पुग्ने प्रमुख भाष्करले विश्वास लिनुभएको छ ।

 


सम्बन्धित समाचार