Logo

१५ जेठ,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ स्थित बिजबनिया बर्थिङ्ग सेन्टरबाट पहिलो पटक शिशुको जन्म भएको छ । स्थानिय फतमा खातुनले उक्त सेन्टरबाट पहिलो सेवाग्राहीको रुपमा सेवा लिई छोरीलाई जन्म दिनुभएको हो ।

बैशाख ४ गते उद्घाटन गरि सञ्चालनमा रहेको बर्थिङ्ग सेन्टरबाट पहिलो पटक डेढ महिनापछि बालिकाको जन्म भएको हो । गर्भवति महिलाले अनुभवी चिकित्सक नभएको हो कि भन्ने अविश्वासकै कारण हालसम्म कोहि महिलाले सेवा लिन नमानेको बताईएको छ । तर बर्थिङ सेन्टरका चिकित्कलाई विश्वास गएर प्रसूति सेवा लिन आउनुभएकी खातुनले सकुशल रुपले २.५ तौल भएकी शिशुलाई जन्म दिनुभएको सेन्टरमा कार्यरत अनमी पुजा यादवले बताउनुभयो ।

खातुन उपचारका लागी सेन्टरमा आउँदा पिभि गरि जाँच गर्दा म्युकोमियम स्टेन्ड अर्थात बच्चाले पेटमै दिशा गरेको जानकारी आफुलाई भएको अनमी यादवले बताउनुभयो । गर्भवती महिलालाई सिएस गर्नुपर्ने अवस्था भएपनि थिन म्युकोमियमका कारण साधारण रुपले नै शिशुको जन्म गराउन सकिने भन्दै परामर्श गरेपछि मात्र परिवारको सहमतिमा सेवा सुरु गरिएको थियो ।

नवजात शिशु र सुत्केरी आमा दुवैको स्वास्थ्य अवस्था ठिक रहेको बर्थिङ्ग सेन्टरका इन्चार्ज अमोद कुमार साहले बताउनुभयो । सकुशल रुपले शिशुको न्म भएपछि खातुन परिवारले अनमी पुजा यादवलाई धन्यवाद ज्ञापन गर्नुका साथै बर्थिङ्ग सेन्टरको प्रशंसा समेत गरेका थिए ।

यता गर्भवति महिलाको अवस्था देखेरै वीरगञ्ज जान तयार रहेको अवस्थामा बर्थिङ्ग सेन्टरमै महिलालाई सुतकेरी गराउँदा ठूलो रकम खर्च हुन जोगिएको भन्दै खातुनका श्रीमान् बिनोद गद्दीले खुसी व्यक्त गर्नुभएको छ ।

उहाँले खुसी व्यक्त गर्दै अन्य महिलाका परिवारलाई समेत सेन्टरबाटै महिलालाई सुत्केरी गराउन सल्लाह दिने जानकारी दिनुभयो ।
वीरगंज लगायत शहरका ठुल्ठुला अस्पतालमा सुत्केरी गराउन लैजादाँ पैसाकै लागि साधारण रुपले जन्मिने बच्चालाई समेत जटिल केस भन्दै ठग्ने गरेको उहाँको गुनासो छ ।


सम्बन्धित समाचार