Logo

१५ जेठ,पर्सागढि । पर्साको पटेर्वासुगौली गाउँपालिकाले सङ्घीय शिक्षा ऐन विपरित सञ्चालित विद्यालयको घटुवा र शिक्षकहरुको सरुवा गरेको छ । पटेर्वासुगौली वडा नं. ५ मौरटोलस्थित जयदुर्गा आधारभूत विद्यालय, वडा नं. २ चापीस्थित अरुणोदय–कोपिला आधारभूत विद्यालय र नेपाल राष्ट्रिय आधारभूत विद्यालय विश्रामपूर गरि तिनवटा विद्यालयलाई घटुवा गरेर बालबिकास केन्द्र सञ्चालन गरेको हो ।

गाउँपालिका अन्र्तगत शिक्षा समितिको ०७९ साल चैत्र २७ गतेको निर्र्णय र गाउँपालिका कार्यपालिकाको ०८० बैशाख १६ गतेको निर्णय अनुसार वैशाख २१ गतेदेखि तीनवटा विद्यालयको घटुवा गरेर बालविकास केन्द्र सञ्चालनमा ल्याएको हो ।

गाँउपालिकाले विद्यालयको घटुवा गरेसँगै बालबालिकाले प्राथमिक तहको अध्ययनका लागि अन्यत्रका विद्यालयमा जानुपर्दा समस्या उत्पन्न भएको अभिभावकहरुको गुनासो छ । सरकारले सङ्घीय शिक्षा ऐन बाझिने गरी गाँउपालिकालाई शिक्षा नियमावली नबनाउन निर्देशन दिएको थियो ।

शिक्षा ऐनमा विद्यालयको घटुवा, बढुवाका लागि गाँउपालिकाको सिफारिशमा शिक्षा विकास तथा समन्वय एकाइले कार्य गर्नुपर्ने उल्लेख छ । तर गाउँपालिकाले भने उक्त ऐन विपरित गई आफैँ निर्णय गरेर विद्यालयको घटुवा गरेको हो ।

त्यस्तै सङ्घीय शिक्षा ऐनमा शिक्षकहरूको सरुवा, बढुवाको लागि समेत गाउँपालिकाले शिक्षा विकास तथा समन्वय एकाइमा सिफारिश गर्ने र एकाइले सरुवा, बढुवा गर्ने अधिकार छ । तर पटेर्वासुगौली गाउँपालिकाले शिक्षा ऐन विपरीत जनता आधारभूत, पथरैयाका राहत शिक्षकलाई नेपाल आधारभूत विद्यालय, पूर्वदेकुलीमा दरबन्दीसहित सरुवा गरेको छ । यस्तै जयदुर्गे आधारभूत विद्यालयका शिक्षक गोपाल रौनियारलाई नेरामावि रामभौरीभाठामा सरुवा गरिएको छ । भने जनता आधारभूत विद्यालय, पथरैयाका शिक्षक लक्ष्मण चौधरीलाई पूर्वदेकुली सरुवा गरिएको छ ।

यसैगरी, नेपाल आधारभूत विद्यालय, चापीकी शिक्षिका नीरमाया आलेलाई नेरा आवि गादी बेलावा आधारभूत विद्यालयमा सरुवा गरिएको छ । यस्तै नेपाल आधारभूत विद्यालय, कञ्चनपुर बैरिया र उत्तर सुगौलीका दुईजना राहत शिक्षकलाई वैशाख २१ गते वडा नं ३ स्थित नेपाल आधारभूत विद्यालय र वडा नं १ मा रहेको मदर्सामा सरुवा गरिएकामा उनीहरूलाई अहिलेसम्म हाजिर भने गराइएको छैन ।

मदर्सामा गैरमुस्लिम शिक्षक पठाएको भनेर हाजिर नगराईएको हो भने अर्को विद्यालयमा प्रक्रियागत र विद्यालय व्यवस्थापन समिति गाउँ समाजको राय सल्लाह विपरित र प्रक्रिया त्रुटि भएकाले हाजिर नगराएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

विद्यालय घटुवा÷शिक्षक सरुवा र प्रधानाध्यापकबाट समेत घटुवा गरेर सरुवाको विषयमा पटकपटक डेलीगेसन लिएर जादाँ कुनै सुनुवाइ नभएको स्थानीयको आरोप लगाएका छन् ।


सम्बन्धित समाचार