Logo

१५ जेठ, काठमाडौं । पछिल्लो समय सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएपछि सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कमा दिइँदै आएका विभिन्न छुटका दरहरू खारेज गरेको छ ।

‘छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी कराधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका एक सय ७० र अन्तःशुल्कका तीन सय ४० छुटका दर खारेज गरेको छु’, अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा आउँदो आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै भन्नुभयो ।

सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आय भएका व्यक्तिलाई लाग्दै आएको आयकरको दरमा सामान्य वृद्धि गरेको छ ।


सम्बन्धित समाचार