Logo

१५ जेठ,वीरगञ्ज । नागरिकताबाट वञ्चित जन्मसिद्ध नागरिकका सन्तानले आज वीरगञ्जमा प्रदर्शन गरेका छन् । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनु पर्ने मागसहित उनिहरुले विरोध प्रदर्शन गरेका हुन् ।

सोमबार दिउँसो घण्टाघर चोकबाट सुरु भएको विरोध ¥याली माइस्थान, आदर्शनगर, अलखीयामठ, घडीअर्वा पोखरी चोक हुँदै पुनः घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।

उनीहरुले नागरिकता विधायक २०७९ प्रमाणीकरण गर, वास्तविक नेपाली नागरीकको पिडा र आशुको कदर गर, हामा्रो भविषको साथ खेल्वाड गर्न पाईदैन भन्ने विभिन्न प्लो काडका साथ प्रदशन गरेका थिए । २०६४ देखि अलपत्र परेको नागरिकता विधायक २ पटक राष्ट्रपती समक्ष प्रमाणीकरणका पठाउँदा पनी त्यसलाई सच्याउने भनेर छाडिएको थियो ।

हाल बितेको राष्ट्रपतीको निर्वाचबाट नेपाली कांग्रसका वरिष्ठ नेता रामभन्द्र पौडेल निर्वाचित भए पछि नागरिकता बिधयेक बारे छलफल गर्दौ आएका छन् । प्रतिनिसभाको सयुक्त बैठमा प्रधानमन्त्री प्रचण्दले एक महिना भित्र नागरीकता विधेयक टुङ्गो लगाने भन्ने पनी हाल्ल सम्म नागरीकता विधायक टुङ्गो नलगाएको भन्दैँ उनीहरुले प्रदशन गरेका हुन । नागरिकता विधयक १५ दिन भित्र प्रमाणीकरण नभए कडा प्रदश गर्ने उनीहरले चेतापनी समेत दिएका छन्


सम्बन्धित समाचार