Logo

१६ जेठ,वीरगञ्ज । पर्साको ग्रामिण भेग भारतसँग जोडिएको सिमा क्षेत्रबाट प्रहरीले ठूलो परिणाममा लागूऔषधसहित दुई जना नियन्त्रणमा लिएको छ ।

छिपहरमाई गाउँपालिका – ५ भिस्वास्थित नेपाल–भारत सिमानाकाबाट प्रहरीले देवी ट्राभल्स बसबाट लागूऔषधसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो ।

यात्रुलाई लिएर काठमाडौँ जान लागेको यात्रुवाहक प्रदेश–०३–००१–ख–१८१० नम्बर भएको बसमा लागूऔषध लुकाएर राखिएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यलय पोखरियाबाट खटेको प्रहरी टोलीले पार्किङ गरेर राखिएको बसमा चेकजाँच गर्दा बसको डिक्कीमा प्लास्टिकको बाल्टीमा कागजले बेरेर राखिएको अवस्थामा लागूऔषध फेनरागन ५ सय पिस, डाइजेपाम ५ सय पिस र नोर्फिन ५ सय पिस बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीले लागूऔषध ओसारपोसारको आरोपमा बसका चालक दोलखाको भिमेश्वर नगरपालिका – ८ निवासी ४२ वर्षिय दुर्गाराज खत्री र सहचालक पर्साको धोबिनी गाँउपालिका – ४ निवासी नुरेश मियाँ तेलीलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए । उनिहरुलाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार