Logo

१६ जेठ,पचगावाँ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ भतौडाबाट सालको काठ सहित एक जना पक्राउ परेका छन् ।

सब डिभिजन वन कार्यालय रंगपुरटाडीका रेन्जर कपिलदेव यादवको नेतृत्वमा खटिएको वन गस्ती टोलीले ताहिर मियाँ अन्सारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ताहिर पटेर्वासुगौली ५ निचुटाका बासिन्दा हुन् । ना ५९ प ८१९९ नम्बरको पल्सर मोटरसाइकलमा अबैध सालको गोलिया एक थान ८ क्युफिट सहित ताहिरलाई पक्राउ गरि डिभिजन वन कार्यालय पर्सामा बुझाएको जम्दार अर्जुन चौधरीले बताउनु भयो ।


सम्बन्धित समाचार