Logo

१६ जेठ,वीरगञ्ज । वीरगञ्जस्थित किरण आँखा अस्पतालले निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । वीरगञ्जको रामटोलमा रहेको कञ्चनजंगा स्कुलमा आयोजित शिविरमा ८ सय जना विद्यार्थीको निशुल्क आँखाको चेकजाँच गरिएको हो ।

शिविरमा शिशु कक्षादेखि १० कक्षासम्मका विद्यार्थीको आँखाको चेकजाँच गरिएको थियो । चेकजाँच गरिएका विद्यार्थीमध्ये १ सय जनामा आँखाको समस्या देखा परेको शिविर सञ्चालक तथा आँखारोग विशेषज्ञ डा.अमर क्यालले जानकारी दिनुभयो । अधिकतम विद्यार्थीको आँखामा सुख्खापन देखिएको उहाँको भनाई छ ।

डा. क्यालका अनुसार १० जनामा चश्मा लगाउन पर्ने अवस्था देखिएको छ । अहिले मोबाईल, ल्यापटप तथा टिभी हेर्दा नजिकबाट हेर्ने हुनाले आँखाको समस्या उत्पन्न हुने उहाँको तर्क छ ।

स्कुल तथा बाहिरबाट घर जादाँ आँखा तथा अनुहार चिसो पानीले राम्रोसँग धुन उहाँको सुझाव छ । किरण आँखा आस्पतालले यसअघि पनि पर्साका विभिन्न स्थानमा निशुल्क शिविर सञ्चालन गर्दै आएको छ ।


सम्बन्धित समाचार