Logo

१७ जेठ, वीरगञ्ज । एकैछिनको वर्षाले जलमग्न हुने जिल्ला प्रशासन कार्यालय पर्सा (सिडिओ अफिस) नजिकको नाला दुई दशकपछी सफा गरिएको छ । सिडिओ अफिस अगाडीको नाला वीरगञ्ज महानगरपालिकाको स्काभेटर र सरसफाई कर्मचारीले दुई दशकपछी सफा गरेका हुन् ।

नाला सफा गर्नका लागि सिडिओ अफिस बाहिरको पर्खालसमेत भत्काउनु परेको महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले बताए । उनले भने, ‘बिसौँ वर्षपछि यो नाला सरसफाई गरेका हौँ । महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा महानगरमा हुने डुबानको जोखिमलाई कम गर्नका लागि ठाउँठाउँमा वर्षाैँदेखि सफा नगरिएका नाला सरसफाई गर्ने क्रम जारी नै छ ।’

नाला सफा गरिएसँगै डुबानको जोखिम कम भएको र भएपनि विगतको जस्तो नहुने मियाँको विश्वास छ ।
आफ्नै कार्यकालमा महानगरका हरेक नालालाई सफा गरेर व्यवस्थित गर्ने महानगरप्रमुख राजेशमान सिंहको प्रतिबद्धता छ । महानगरले अघि सारेको सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियानमा हातेमालो गर्दै नालामा फोहोर नफालेर ढल मात्रै बग्न दिन उनले महानगरबासीसँग आग्रह गरेका छन् ।
महानगरबासी जिम्मेवार भएर फोहोर सबै डस्टबिन र फोहोर उठाउने गाडीमा फाल्ने हो भने नालामा ढलको पानी मात्रै बग्ने र जसले गर्दा डुबान नहुने सिंहको बुझाई छ ।


सम्बन्धित समाचार