Logo

१७ जेठ,वीरगञ्ज । मधेश प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०÷०८१ का लागि १ अर्बभन्दा बढि रकम अनुदान प्राप्त गरेको छ । महानगरले संघीय सरकारबाट १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ अनुदान प्राप्त गरेको हो ।

जसमध्ये ९० करोड १७ लाख रुपैयाँ सशर्त अनुदान, ३६ करोड २९ लाख समानीकरण अनुदान, २ करोड २५ लाख विशेष अनुदान र ४ करोड ५० लाख समपूरक अनुदान पाएको हो । त्यस्तै पोखरिया नगरपालिकाका लागि ३३ करोड २९ लाख रुपैयाँ छुट्याइएको छ । त्यस्तै पर्सागढी नगरपालिकाका लागि ३३ करोड २९ लाख रुपैयाँ र बहुदरमाई नगरपालिकाका लागि ३४ करोड ७५ लाख रुपैयाँ अनुदान छुट्याइएको छ ।

गाउँपालिका तर्फ सखुवाप्रसौनी गाउँपालिकाका लागि सबैभन्दा धेरै ३३ करोड १४ लाख, छिपहरमाई गाउँपालिकाका लागि २५ करोड ५७ लाख, जगरनाथपुर गाउँपालिकाका लागि २९ करोड २४ लाख, धोबीनी गाउँपालिकाको लागि २१ करोड ३७ लाख, पकाहामैनपुर गाउँपालिकाका लागि २१ करोड ७६ लाख, पटेर्वा सुगौली गाउँपालिकाका लागि २५ करोड ६३ लाख, विन्दबासिनी गाउँपालिकाका लागि २२ करोड २४ लाख, सखुवा प्रसौनी गाउँपालिकाका लागि ३३ करोड १४ लाख, ठोरी गाउँपालिकाका लागि २९ करोड ६९ लाख, कालिकामाई गाउँपालिकाका लागि २२ करोड ४७ लाख र जिराभवानी गाउँपालिकाका लागि २३ करोड ६ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

सरकारले पर्साका १४ वटै पालिकाका लागि कुल ४ अर्व ८८ करोड ५३ लाख रुपैयाँ समीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानका लागि छुट्याएको हो ।

 

 


सम्बन्धित समाचार