Logo

१७ जेठ,वीरगञ्ज । ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्साको आयोजनामा आज आदर्शनगर १० स्थित ग्रिनसिटी चोकमा निशुल्क सातु खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

महानगरप्रमुख राजेश मान सिंहको आतिथ्यतामा भएको कार्यक्रममा बढ्दै गरेको गर्मीका कारणले रिक्सा चालक, ठेलावाला, बटुवा लगायत सर्वसाधारण गरी १५ सय भन्दा बढिलाई निशुल्क सातु खुवाईएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सशस्त्र प्रहरी बल नेपाल १३ नं.गण वीरगञ्जका सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलिया, प्रहरी नायव निरिक्षक दिपक गिरी लगायतको उपस्थिती रहेको थियो ।

यसैविच मारवाडी सेवा ट्रस्ट वीरगन्जले आज निशुल्क सर्बत,आँप र फ्रुटी जुस वितरण गरेको छ । बढ्दै गरेको गर्मी र चर्को घामले आहत भएकाहरुलाई केहि राहत महसुस होस भन्ने उद्धेश्यले वीरगन्जको राणिसती मन्दिर मेनरोडमा निशुल्क पेय पदार्थ वितरण कार्यक्रमको आयोजना गरि उक्त सामान वितरण गरेको हो ।

उक्त सेवाबाट वीरगञ्ज अवलोकन गर्न आउने पर्यटक, बटुवा, रिक्साचालक तथा दैनिक ज्याला मजदुरी गर्ने लगायत करिब २ हजार जना लाभान्वित भएको मारवाडी सेवा ट्रस्टका अध्यक्ष बाबुलाल चाचानले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार