Logo

१७ जेठ, काठमाडौं । नेपाललाई विश्व बैंकले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको लागि करिब १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहूलियतपूर्ण ऋण र पौने ३ अर्ब (१९.७ मिलियन अमेरिकी डलर) बराबरको अनुदान दिने भएको छ ।

गत शुक्रबार बसेको विश्व बैंकको कार्यकारी निर्देशकको बोर्डले शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमको कार्यानवयनमा सहयोग स्वरुप अनुदान स्वीकृत गरेको हो। नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको कार्यान्वयनमा सहयोग स्वरुप यो अनुदान स्वीकृत भएको विश्व बैंकले जानकारी गराएको छ।

स्थानीय सरकारस्तरबाट शिक्षक निर्देशन प्रणाली स्थापना गरि विषयगत शिक्षकहरु सुनिश्चित गर्ने र गुणस्तरीय शिक्षामा बढी ध्यान केन्द्रीत गर्ने यो कार्यक्रमको लक्ष्य रहेको छ। यो कार्यक्रमले आधारभूत सिपको विकास गर्दै देशभरमै राष्ट्रिय एकीकृत पाठ्यक्रमलाई लागू गर्नमा केन्द्रीत गर्ने बताइएको छ।

यो अनुदानमार्फत सरकारको कार्यक्रमलाई सहयोग गर्ने र शिक्षा क्षेत्रलाई पुर्नउत्थान तथा तीव्र गतिमा सिकाइलाई अघि बढाउने लक्ष्य लिइएको विश्व बैंकले जनाएको छ।


सम्बन्धित समाचार