Logo

१८ जेठ,वीरगञ्ज । भारतको ऋषिकेष नजिक सडक दुर्घटनामा परेकाहरुलाई रेलमार्फत रक्साैलसम्म ल्याइदै छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका ९ जनाको टोली केदारनाथ दर्शन गर्न भारत गएका थिए ।

भारतकाे ऋषिकेश जादाँ रेलबाट गएका उनीहरु केदारनाथ दर्शन गरेपछि बलेरो गाडी रिजर्ब गरेर फर्किदै गर्दा केदारनाथबाट ऋषिकेष आउने बाटोमा बुधबार दुर्घटनामा परेको हो । तीब्रगतिमा रहेको बलेरोले अगाडिको सवारीलाई उछिन्न खोज्दा अनियन्त्रीत भएर दुर्घटना भएको बताईएको छ ।

दुर्घटनामा बलेरो चालक भारतीय नागरिक र वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका युवा विवेक कलवारको मृत्यु भएको बताईएको छ । मृतक विवेक स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस को तर्फबाट वीरगन्ज महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्षका प्रत्यासी ओमप्रकाश गुप्ताका छोरा हुन् । दुर्घटनामा केदारनाथ दर्शनका लागि गएका ९ जना मध्ये घाईते दुईजनाको अवस्था गम्भीर रहेको छ ।

६ जनाको अवस्था भने सामान्य रहेको बताइएकाे छ । मृतकको शव र घाईतहरुलाई ऋषिकेषबाट रेल मार्ग हुदै ल्याउन लागिएको मृतकका  परिवारजनले बताएका छन । दुर्घटनाको जानकारी पाएपछि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले दुख व्यक्त गर्नु भएको छ ।

उहाँले तीर्थाटनमा गएका वीरगन्ज महानगरको छपकैयावासी तीर्थालुहरु सडक दुर्घटनामा परेको खबरले आफूलाई दुखी तुल्याएको भन्दै मृतकको शव नेपाल ल्याउन र घाईतेको उपचारका लागि आवश्यक पलह गरिरहेको बताउनुभयो । उहाँले वीरगन्ज स्थित भारतीय महावाणिज्यदूतावास मार्फत मृतकको शव ल्याउने र घाईतेहरुको उपचारको लागि पहल गरिरहेको जानकारी बताउनुभयो ।


सम्बन्धित समाचार