Logo

१८ जेठ, काठमाडौं । कपिलवस्तुमा एक युवकले दुई जनाको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–२ का २२ वर्षीय मोहन थारुले कपिलवस्तुको बाणगंगा नगरपालिका ६ बस्ने २२ वर्षीया अञ्जनी थारु र उनका काका ७० बर्षीय बमबहादुर थारुको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

चक्कु प्रहारबाट गम्भीर घाइने भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।
चक्कु प्रहार गर्ने मोहन थारु प्रहरी नियन्त्रणमा छन् ।

प्रहरीका अनुसार मोहन र अञ्जनीबीच प्रेम सम्बन्ध थियो । दुबैबीच केही समययता विवाद बढेपछि अञ्जनीले मोहनलाई बेवास्ता गर्दै आएकी थिइन् । सोही विषयमा बदला लिन मोहन आज बिहान आफ्नो घरबाट मटेरिया पुगेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताए ।


सम्बन्धित समाचार