Logo

१९ जेठ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य प्रदेश राज्यको इन्दौर पुग्नुभएको छ । भारत भ्रमणको तेस्रो दिन आज (शुक्रबार) प्रधानमन्त्री प्रचण्ड विशेष विमानमार्फत मध्य प्रदेशको इन्दौर पुग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिङ चौहानलगायत उच्च अधिकारीहरूले ले इन्दौर विमानस्थलमा स्वागत गर्नुभयो ।सो अवसरमा विमानस्थल बाहिर प्रधानमन्त्री प्रचण्डलाई स्थानीय सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो । सडक उभिएका सयौँ नागरिकले नेपाल र भारतको झण्डा फहराएर सम्मान प्रकट गरेका थिए ।

विमानस्थल बाहिरका सडकमा ‘तपाईँलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए ।विमानस्थलबाट उहाँ उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नुहुनेछ । मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा रहनुहुनेछ ।

भ्रमणका क्रममा उहाँले आजै मध्य प्रदेशका गभर्नर श्री मङ्गुभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यहाँ रहँदा उहाँले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेसनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिनुहुनेछ । आजै प्रधानमन्त्री प्रचण्डको सम्मानमा मध्य प्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्नुहुने कार्यक्रम छ ।

 


सम्बन्धित समाचार