Logo

फाइल तस्बिर

१९ जेठ,पचगावाँ,पर्सा । पर्सा राष्ट्रिय वन जंगल बाट अवैधरूपमा काचो सालको गोलिया काठ कटान गरि सखुवाप्रसौनी गाउँपालिकाको कौवाबनमा रहेको समिल, चिरान र फर्निचर उधोगमा ओसारपसार हुने गरेको छ । जगंलबाट काठ काटेर गोलिया बनाई तस्करहरुले नजिकै रहेको चिरान मिलमा पु¥याउने गरेका छन् ।

सखुवाप्रसौनी गाउँपालिकामा रहेका चिरान र समिलहरुमा अबैध रुपमा राष्ट्रिय जंगलबाट तस्करी गरि ल्याईएका काठहरु भएको सुचना पाएपछि डिभिजन बन कार्यालय पर्साले काठ र तस्करीमा सँलग्न रहेका तस्करलाई पक्राउ गर्न भनेको थियो । तस्करी रोक्न डिभिजन वन कार्यालय पर्साका प्रमुख सुभाष चन्द्र दासले सब डिभिजन वन कार्यालय रंगपुरटाडीका बन कर्मचारीलाई अवैध काठ र तस्कर पक्राउ गर्न निर्देशन दिएपनि नियन्त्रणमा भने लिन सकिएको छैन ।

काठ तस्करहरुले वन कर्मचारीहरुलाई पनि मिलाएर राखेकाले डिभिजन वन कार्यालयबाट आउने निर्देशन कर्मचारीले नै तस्करहरुलाई चुहाउने गरेका छन् । कौवावनमा रहेको समिल, चिरान र फर्निचर उधोगमा रहेका तस्करीको काठ र तस्करलाई नियन्त्रणमा लिन डिभिजन बन कार्यालय पर्साका प्रमुख सुभाष चन्द्र दासले मातहतका सब डिभिजन कार्यालय रँगपुर टाडीका कर्मचारीलाई दिएको निर्देशन भने तस्कर समक्ष पुगेको छ ।

कर्मचारीहरुले नै माथिबाट तस्करीको काठ र तस्करलाई नियन्त्रणमा लिन निर्देशन आएको भन्दै तस्करलाई काठ लुकाउन सुचना दिएका थिए । तस्करसँग सुचना कसरी पुगेको बारेमा छानविन गरि सुचना तस्कर कहाँ पु¥याउने कर्मचारीलाई कारवाही गरिने दासले बताउनुभयो । स्थानियको अनुसार सखुवाप्रसौनी गाउँपालिकाको कौवावन टोलमा आधा दर्जन फर्निचर उधोग रहेका छन्।ती फर्निचर उधोगहरुमा तस्करीको काठले बनेका सामानहरु भारतसम्म पु¥र्याउने गरिएको स्थानीयहरुको भनाई छ ।


सम्बन्धित समाचार