Logo

१९ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई अझै प्रभावकारी र सफल बनाउन गम्भीर रूपमा आत्मसमीक्षा गर्ने बेला आएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई सम्मान व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी संगठनलाई अझै प्रभावकारी र सफल बनाउन अझै गम्भीर रूपमा आत्मसमीक्षा गर्नैपर्ने बेला आएको छ श्रेष्ठले भन्नुभयो, देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने छ । जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो । नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्ने गरी काम गरे सरकारको सफलता देखिने छ ।

प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीले जेठ २ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसर पारेर नेपालीले सगरमाथाको सफल आरोहण गर्नुभएको हो । उहाँ जेठ २ गते १०.१५ बजे सगरमाथाको शिखरमा पुग्नुभएको थियो ।

हाल इन्टरपोलमा १९५ रास्ट्र सदस्य छन् । हिमालयन एडभेन्चरले आरोहणमा सहयोग गरेको थियो । इन्टरपोलले सतवार्षिकीमा विभिन्न कार्यक्रम गरी मनाएको छ । त्यस अवसरमा नेपालले भने सगरमाथाको आरोहण गरेर मनाउने निर्णय लिएको थियो । उक्त निर्णयमा नेपाल सफल भएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले आरोही नेपालीलाई बधाइ दिनुभयो । नेपाल प्रहरी र नेपाल सरकारलाई जुन गौरव गर्ने अवसर दिनुभएको छ त्यसको लागि पुरुषोत्तम नेपालीलाई बधाइ तथा शुभकामना दिन चाहन्छु, श्रेष्ठले भन्नुभयो, नेपाल प्रहरीले हरेक क्षेत्रमा सफलता प्राप्त गर्दै गौरव गर्ने भूमिका निर्वाह गरेको छ ।

प्रहरीलाई आजको स्थितिमा ल्याउन भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले पूर्वप्रहरी नेतृत्वलाई धन्यवाद दिनुभयो । ठगी तथा संगठित अपराधमा नेपाल प्रहरीले गरेको कामबाट आम जनता खुसी छन् । कसैको दबाबमा नपरी कुनै निर्दोष नफसोस र कुनै दोसि नउम्कियोस् । यसरी कार्यसम्पादन गरे मात्रै प्रहरीको सफलता देखिन्छ, श्रेष्ठले भन्नुभयो, जनताको जीउधनको सुरक्षा, सामाजिक न्यायसहित समृद्धिको गुणात्मक फड्को नै हाम्रो अहिलेको प्राथमिक कार्यभार हो ।

सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको भन्दै राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिन आफू नहिच्किचाउने श्रेष्ठले उल्लेख गर्नुभयो ।

भस्ट्राचार नियन्त्रण र सुशासनलाई प्राभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने छ । अझै पनि रुपान्तरणका लागि तयार नहुने प्रवृत्ति कहीँ कतै देखिएको छ, श्रेष्ठले भन्नुभयो, सरकारले पुरुस्कार र दन्डको व्यवस्था गर्नेछ । आफूलाई केन्द्रमा राखेर देश र जनतालाई महत्त्व नदिने केही प्रवृत्तिहरू छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार