Logo

फाइल तस्बिर

२० जेठ,वीरगञ्ज । वीरगञ्जमा फेरि पनि रात्री बजार लाग्ने भएको छ । यही जेठ २६ र २७ गते रात्री बजार लगाउने तयारी अगाडि बढाईएको महानगरले जनाएको छ ।

हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्री बजार लगाउने पूर्व घोषणा कार्यक्रम बमोजिम यस महिना पनि रात्री बजार सञ्चालन गर्ने गरि तयारी अघि बढाईएको हो । रात्रि बजार व्यवस्थापन समितिको हिजोको छलफलमा यसपटक आदर्शनगर क्षेत्रमा रात्री बजार संचालन गर्न आवश्यक तयारी अघि बढाउने निर्णय भएको छ ।

वीरगन्जको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्री बजारलाई अहिले महिनाको अन्तिम शुक्रबार र शनिबार गरि २ दिन संचालन गरिँदै आएको छ । समितिले आउँदा दिनमा यसलाई अझै विस्तार गर्दै लैजाने निर्णय पनि गरेको छ ।

बैठकमा महानगरका मेयर राजेशमान सिंहले आउँदा दिनमा घण्टाघरदेखि आदर्शनगर, घडिअर्वा लगायतका क्षेत्रलाई समेटेर रात्रि बजारलाई विस्तार गर्दै लैजाने गरि आवश्यक तयारी अघि बढाउन समितिलाई आग्रह गर्नुभएको छ ।

वीरगन्जको बजार अवेर सम्म संचालन हुने वातावरण बनाउन आफूले रात्रि बजारको अवधारणा अघि बढाएको भन्दै उहाँले यसका लागि यहाँका उद्योगी, व्यवसायी तथा स्थानीय नै अघि सर्नुपर्नेमा जोड दिनुभयो ।

 


सम्बन्धित समाचार