Logo

२० जेठ, वीरगञ्ज । मधेस प्रदेश सरकारले खरिद गरेको पाँच वटा बस एक अर्कालाई हस्तान्तरण गर्नमै सिमित बनेको छ । प्रदेश सरकारले चार वर्षअघि नै करोडौँ रकम खर्च गरि उक्त बसहरु खरिद गरेको भएपनि हालसम्म एकले अर्कालाई हस्तान्तरण गर्नमा नै सिमित भएको हो ।

विगत चार वर्षदेखि बसहरु प्रदेश सरकारले विभिन्न संघ सस्थांहरुलाई चलाउनको लागि उपलब्ध गराउदैँ आएको छ । ०७७ सालमा तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको मन्त्रालयले ३ करोड ३९ लाख ७५ हजारमा ५ बस खरिद गरेको थियो ।

प्रदेश परिवहन सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले सप्तरीको राजबिराजदेखि पर्साको वीरगञ्ज महानगरसम्म प्रदेशका आठवटै जिल्लाहरुमा चलाउने भनि खरिद गरेको थियो ।

तर करोडौ रुपँया बजेट खर्च गरेर खरिद गरिएको बसहरु अहिलेसम्म सञ्चालनमा भने आउन नसकेको हो ।

बस चल्न नसकेपछि प्रदेशका विभिन्न संघ सस्थांहरुबाट घुमिफिरी पाँचवटा बस मध्ये एउटा बस वीरगञ्जस्थित मधेश विश्व विद्यालयमा आईपुगेको छ ।
प्रदेश सरकारले नै बसहरु चलाउन नसकेर सघं सस्थांको जिम्मा लगाउने क्रम बढेपछि महालेखा परिक्षकको कार्यलयले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न भनेको हो ।

आर्थिक बर्ष ०७८÷७९ को वार्षिक प्रतिवेदनमा महालेखाले आवश्यकताको विश्लेषण नगरि बस खरिद गर्ने र सार्वजनिक सम्पत्तिको उचित प्रयोग तथा संरक्षण नगर्ने पदाधिकारलिाई जिम्मेवार बनाउन आफ्नो वार्षिक प्रतिवेदनमा बताएको छ ।

प्रदेश सरकारले पाँच वटा बसलाई ०७८ साल फागुन २४ गते निर्णय गरेर प्रदेश कृषि विश्व विद्यालय, प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कृषि ब्यवसाय सहयोग तथा तालिम केन्द्र र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेको थियो । तर, ति बसहरुमध्ये प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रले ०७९ साल मंसिर ९ गते मधेश विश्व विद्यालय वीरगञ्जलाई हस्तान्तरण गरेको छ ।

साथै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको दुईवटा बसहरुमा लेखापरिक्षणको अवधिसम्म नम्बर प्लेटसम्म नराखिएको महालेखाले आफ्नो बसहरुमा प्रतिवेदनमा जनाएको छ ।

यसरी मधेस सरकारले प्रदेश बासीहरुको लागि खरिद गरेको करोडौँको बसहरु अहिले थन्किएर बसेको छ । मधेश विश्व विद्यालयमा अध्ययन अध्यापन सुरु नभएकोले त्यहाँ रहेको एउटा बस समेत थन्काएर राखिएको छ ।


सम्बन्धित समाचार