Logo

२० जेठ, बारा । भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासको निवेदन दिएकालाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ को कार्यालयले निबेदन दर्ताको निस्सा बितरण गरिरहेको छ ।

मनहर्वा स्थित वडा कार्यालय परिषरमा आयोजित निस्सा वितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले निस्सा वितरण जग्गा प्राप्तीको महत्वपूणर् प्रकृया अन्तरगतको काम भएको बताउनु भएको छ ।

उहाँले निवेदन संकलन, निस्सा वितरण र नाप नक्सा लगायतका कामलाई सरल ढंगबाट सहजिकरण गरी यो प्रकृयालाई सम्पन्न गर्न वडाबासीलाई अनुरोध गर्नु भयो । वडामा दर्ता भएका ९ सय २० जना मध्ये आज ४ सय ७८ जनालाई निस्सा बितरण गरिएको वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिनुभयो ।

बाँकी छुटेकाहरु वडा कार्यालयबाट निस्साको प्रमाण पत्र लिन सक्ने वडा अध्यक्ष बाग्लेले बताउनु भयो । कार्यक्रममा उपमहानगरपालिका उपप्रमुख भोला प्रसाद अधिकारी, वडा नं. १८ का पूर्व वडा अध्यक्ष अर्जुन प्रसाद दाहाल, वडा नं. १४ का पूर्व वडा अध्यक्ष रामशरण बर्तौला लगायतको सहभागिता रहेको थियो ।

Exif_JPEG_420


सम्बन्धित समाचार