Logo

२० ठोरी, पर्सा । ठोरी गाउँपालिकाको सिकारीबास खोलामा नदी नियन्त्रणको लागि तटवन्धनको काम सुरु भएको छ।

सिकारीवास खोलाको कारण त्यस क्षेत्रमा खेती योग्य जमिन कटान गरी गाउँमा बाढी पसेर ठूलो मात्रामा जनधनको क्षती हुदै आएको थियो ।

ठोरी गाउँपालिकाले बर्षातको समयमा खोलाले त्यस क्षेत्रमा पार्ने क्षतीलाई न्यूनीकरण गर्न यस बर्ष नदी नियन्त्रणका लागि तटवन्धनको बजेट व्यवस्था गरेको थियो ।

ठोरी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष शम्भु खड्काले बर्षातको समयमा बाढीले शिकारीवास गाउँनै प्रभावित हुनेगरेकोले नदि नियन्त्रणको लागि तारजाली सहित ढुंगाको बाँध निर्माणको काम शुरु भएको बताए ।

अहिले शिकारीवासको उक्त स्थानमा विद्यालयमा सोलार समेत जडान गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिए ।

मधेस प्रदेश सरकारको ४० लाखको लागतमा २ सय ५० मिटर लामो बाध तथा ढुङ्गा जाली निर्माणको काम सुरु भएको ठोरी गाउँपालिकाले जनाएको छ ।

तटवन्धन भइरहेको उक्त स्थानमा ठोरी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष खड्काले स्थालगत अनुगमन गरी समयमा काम सम्पन्न गर्न र गुणस्तरीय काम गर्न ठेकदारलाई निर्देशन दिएका छन् ।

उक्त कामको निजकबाट हेर्न स्थानीयवासीलाई समेत आग्रह गरेको वडा अध्यक्ष खड्काले बताए ।


सम्बन्धित समाचार