Logo

२१ जेठ,ठोरी । पर्साको ठोरी गाउँपालिकामा आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाईएको छ । दिवसको अवसर पारेर ईलाका प्रहरी कार्यालय ठोरीको आयोजनामा ठोरी–३, रामनगरमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध प्रभातफेरी सम्पन्न गरिएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आयोजित प्रभातफेरीमा सामाजिक संस्था आशिष् सामाजिक सेवा नेपालका अध्यक्ष , स्थानीय संघसंस्थाका प्रतिनिधि लगायत ठोरीका दलित अगुवाहरुको सहभागिता थियो ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन सम्बन्धि लेखिएका प्लेकार्ड, व्यानर सहित निकालिएको प्रभातफेरी पश्चात भएको अन्तरक्रिया कार्यक्रममा जातिय भेदभाव एवं छुवाछूत कसुर ऐन २०६८ मा भएको कानुनी प्रावधानका बारेमा इलाका प्रहरी कार्यालय ठोरीका प्रह प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउने गरिएको हो ।


सम्बन्धित समाचार