Logo

२१ जेठ,बारा । बाराको सिमरामा सम्पन्न मधेश प्रदेश स्तरिय कराते प्रतियोगितामा सिरहा जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते दोजाङ्ग सिमराको आयोजनामा दुई दिनसम्म चलेको प्रतियोगितामा रौतहट द्वितिय र आयोजक तृतीय भएका हुन् ।

स्थानिय स्तरमा कराते खेलको विकास र विस्तारमा टेवा पुग्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, धनुषा लगायतका जिल्लाका खेलाडीको सहभागिता थियो ।

नेपाल सितोरियो कराँते दोजाङ्गका प्रमुख सानु पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कराते संघ नेपालका अध्यक्ष युवराज लामाले खेलाडीलाई मेडल, शिल्ड र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।


सम्बन्धित समाचार