२२ जेठ,पचगावाँ । पर्साको पटेर्वा सुगौलीबाट काँचो सालको गोलिया र मोटरसाईकल सहित एकजनालाई पक्राउ गरेको छ ।
पटेर्वा सुगौली गाउँपालिका वडा नम्ब–१ गादी बनकटबा टोलबाट काँचो सालको गोलिया काठ, मोटरसाइकल सोही स्थानको मलाहीटोल घरभएका ३४ बर्षिय करिमन मुखिया विनलाई पक्राउ गरेको हो ।
सब डिभिजन बन कार्यालय रंगपुरटाडीका जममदार अर्जुन चौधरीको नेतृत्वमा खटिएको वन गस्ती टोलीले विनलाई पक्राउ गरेको हो ।
उनको साथबाट उनले चलाएको प्रदेश नम्बर २०३–०१२– प २०२१ नम्बरको मोटरसाइकल र २ क्युफिट ५० ईन्च काठ बरामद भएको रंगपुर सब डिभिजन बन कार्यालयका रेन्जर कपिलदेव यादवले जानकारी दिनुभयो ।