Logo

२४ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा कृषि बजार निर्माण हुने भएको छ । कृषि बजारको ३ करोडको लागत स्टीमेट तैयार हुन लागेको कृषि बजारको शिलान्यास पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गर्नुभएको छ ।

बर्षौदेखि निर्माण हुन नसकेको कृषिबजारको शिलान्यास भएसँगै निर्माण हुने भएको हो । कृषि बजारको निर्माणको ठेक्का दिप तामाकोशी कन्स्ट्रक्सन, भक्तपुरले ठेक्का सकार गरेको छ । कृषि बजारको अभावमा बारा पर्साका किसानले उत्पादन गरेको कृषि उपजहरु बजारीकरण हुन सकेको थिएन ।

कृषि बजार निर्माण सम्पन्न भएपछि यसक्षेत्रका किसानले उत्पादन गरेको कृषि उपज बजारमा राख्न पाईने र बजारीकरणमा सहजता आउने विश्वास लिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले लिनुभएको छ । व्यवस्थित कृषि बजार नहुँदा अहिले पनि वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फको विपी उद्यानको जग्गामा अव्यवस्थित रुपमा थोक तथा खुद्रा कृषि बजार लाग्दै आएको छ ।

मीना बजार क्षेत्रमा लाग्ने तरकारी हाट बजारलाई हटाएर महानगरपालिकाले गीता मन्दिर रोडमा व्यवस्थित गरेपनि अझैपनि तरकारी व्यापारीहरु उक्त स्थानमा गएका छैनन् ।

 


सम्बन्धित समाचार