Logo

२४ जेठ,वीरगञ्ज । नेकपा एकीकृत समाजवादी पार्टी वीरगञ्ज महानगर कमिटिले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ । तराई मधेश लगायत वीरगञ्जमा केहि दिन यता बढेको अत्याधिक गर्मीको समयमा दिउँसो र रातको समयमा अघोषित रुपमा लोडसेडिङका कारण पर्सावासीको जनजिवन कष्टकर बनेको भन्दै कमिटिले प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।

बढ्दो गर्मीसँग कारण स्थानियबासीन्दाको जनजीवन प्रभावित बनेको समयमा विद्युत समेत कटौती हुदाँ थप समस्या भएको भन्दै यो समस्या तत्काल समाधान गर्न कमिटिले आग्रह गरेको छ ।
कमिटीले नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेलाई उहाँको कार्यकक्षमा पुगेर ज्ञापनपत्र बुझाउदै झ्याप्प–झ्याप्प लाइन काट्ने समस्याको समाधान गर्न आग्रह गरेको हो ।

कमिटिका नेताहरुले अघोषित रुपले भईरहेको लोडसेडिङले जनजिवन कष्टकर बन्दै गईरहेको भन्दै यसलाई तत्काल समाधान गर्नमा प्राधिकरणले ध्यान दिनुपर्ने माग गरेका छन् । यो समस्याको तत्काल समाधान नगरे स्थानिय जनतासँगै आफूहरु पनि सडकमा उत्रिएर आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

यसअघि हिजो मात्र विद्युत् प्राधिकरण वीरगञ्ज प्रमुख दुबे र वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहबिच यहि असार महिनाभित्र २० नयाँ ठाउँमा ट्रान्सफर्मर जडान गर्ने सहमति भएको थियो ।


सम्बन्धित समाचार