Logo

२४ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले बेरोजगार रहेका स्थानियलाई कृषि कर्ममा आकर्षित गरि आत्मनिर्भर बनाउने र किसानको आयआर्जन बढाउने बताउनुभएको छ ।

वीरगञ्ज–३१ लक्ष्मीपुरमा रहेको ऐलानी जग्गामा सामूहिक तरकारी खेती गर्ने उद्देश्यले जग्गा छुट्याउन जानुभएका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

आज महानगरबाट खटिएको जनप्रतिनिधी र कर्मचारी सहितको टोलीले लक्ष्मीपुरमा उपयोगविहिन रहेको ३३ बिघा ४ कठ्ठा १० धुर ऐलानी जग्गा सामुहिक तरकारी खेतीका लागि छुट्टयाएको छ । सोही कामको लागि महानगरले आवश्यक प्रक्रिया समेत अघि बढाएको छ ।

तरकारी पकेट विकास कार्यक्रम अन्तर्गत उक्त जग्गा स्थानीय स्तरमा कृषि समूह गठन गरि तरकारी खेतीका लागि जिम्मा लगाइने महानगरपालिका अन्र्तगत कृषि शाखाकी कृषि अधिकृत रोशनी यादवले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार