Logo

२५ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकावासीले घर घरमा गाडेको चापाकलमा पानी आउन छोडेपछि अहिले पानीका अभाव हुने चिन्ता बढेको छ । लामो समयसम्म बर्ष नहुँदा र महानगर क्षेत्रमा बढ्दो सहरीकरण र घर सडकहरु ढलानले पानीका स्रोतहरुको कमी हुँदै जाँदा चापाकलहरुमा पानी आउन छोडेर पानीको अभाव हुन थालेको हो ।

महानगरपालिकाको विभिन्न वडाहरुमा चापाकलमा पानी आउन छाडेको गुनासोहरु आउन थालेपछि वीरगञ्ज महानगरपालिकाले निःशुल्क पानी टंकीको धारा जडान गरिदिने भएको छ । महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बिहीबार बिहानै सामाजिक सञ्जाल मार्फत निःशुल्क धारा जडानका लागि वडा अध्यक्षहरुसँग सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

वीरगञ्ज महानगर पालिकाले वडा नं.१ देखि १७ र १९ मा नेपाल खानेपानी संस्थानसंग समन्वय गरेर ४ हजार घरधुरीमा निःशुल्क सरकारी धारा (खानेपानी संस्थान) बाट जडान गर्ने भएकोले वडाका वडाबासीले आफ्नो वडाका वडा अध्यक्षसंग सम्र्पक गरी आफ्नो घरमा निःशुल्क धारा जडान गर्न अनुरोध गर्नुभएको हो ।

चापाकलहरुमा पानी आउन छाडेपछि अहिले सरकारी धारा जडान गर्न आउने ग्राहकहरुको संख्या पनि बढेको खानेपानी संस्थान वीरगञ्ज शाखाका प्रमुख इञ्जिनियर निरन महर्जनले बताउनुभयो । पहिले सरकारी धारा जडान गर्न नमान्ने र पानी प्रयोग नगर्ने ग्राहकहरु अहिले दिनहुँ १० देखि १२ जनासम्म धारा जडानका लागि निवेदन दिन आउने गरेको प्रमुख महर्जनले बताउनुभयो ।

 


सम्बन्धित समाचार