Logo

२५ जेठ,वीरगञ्ज । नागरिकताको माग गर्नेहरुले काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरेका छन् । सरकारले जन्मसिद्ध नागरिकता भएकाका सन्तानलाई पनि नागरिकताबाट बन्चित गरेको भन्दै माइतीघरमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागी वीरगञ्जका उत्तमकुमारले नागरिकता पाउने संवैधानिक अधिकारबाट आफूहरु बन्चित भएको बताए ।विदेशी नागरिकहरुले सजिलै नागरिकता पाइरहेको तर आफ्नी छोरीले नागरिकता नपाएको उनले बताए । आफ्नो र आफ्नी श्रीमतीको जन्मसिद्धको नागरिकता भए पनि छोरीलाई नागरिकता नदिइएको उनको गुनासो छ ।

प्रचण्ड नेतृत्वको अहिलेको सरकारको सिफारिसमा नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसके पनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण कार्यान्वयनमा आउन बाँकी छ । उत्तम कुमारले न्यायालय र कानुन व्यवसायीहरुप्रति पनि आक्रोश पोखे ।

 


सम्बन्धित समाचार