Logo

२५ जेठ,काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय गाडीको भन्सार पूर्णरूपमा निःशुल्क गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा अध्यक्ष लिङ्देनले विद्युतीय गाडीको भन्सार पूर्णरूपमा निःशुल्क गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले आर्थिक वर्ष २०८०÷८१ को बजेटमा राजस्व असुलीको लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको पनि बताउनुभयो । उहाँले बजेट अनुमान, अनुदान र ऋणमा आधारित भएको टिप्पणी गर्नुभयो । करको दर र दायरा जथाभाबीरूपमा बढाउने काम गरिएको लिङ्देनले गुनासो गर्नुभयो ।

यस्तो बजेटले जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न नसक्ने उहाँले जिकिर गर्नुभयो ।
उहाँले वंशजको आधारमा नेपालीले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको स्पष्ट पार्नुभयो । तर विदेशीले नागरिकता लिएको विषयमा भने छानबिन हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले कपास विकास समिति र दुग्ध विकास बोर्ड खारेजीको निर्णयप्रति पनि विरोध जनाउनुभयो ।
अध्यक्ष लिङ्देनले ठूला जलविद्युत् आयोजना बनाउने जिम्मा विदेशीलाई दिनुभन्दा स्वदेशी लगानीमा निर्माण गर्न सरकारलाई सुझाव दिनुभयो ।


सम्बन्धित समाचार