Logo

२६ जेठ,वीरगञ्ज ।वीरगञ्ज महानगरप्रमुख राजेशमान सिंहले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिंङसँग भेटवार्ता गर्नुभएको छ । घिसिङको कार्यकक्षमै पुगेर मेयर सिंहले वीरगञ्जमा भईरहेको अघोषित लोडसेडिङको विषयमा छलफल गर्नुभएको हो ।

छलफलका क्रममा अधिकृत घिसिङले वीरगञ्जमा तत्काल आवश्यक ट्रान्सफर्मर लगाउन विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेलाई निर्देशन दिनुभएको छ ।
यसअघि पनि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिहंले नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेसँग विद्युत् आपूर्तिमा भईरहेको समस्याको विषयमा छलफल गर्नुभएको थियो । छलफलका क्रममा असार महिनाभित्र २० नयाँ ठाउँमा ट्रान्सफर्मर जडान गर्ने सहमति भएको थियो ।

बढ्दो गर्मीसँगै पर्सामा लोडसेडिङ हुने क्रम पनि ह्वात्तै बढेको छ । अघोषित रुपले लोडसेडिङ हुन थालेपछि पर्साबासी मर्कामा परेका छन् । केहि हप्तादेखि अघोषित रुपले लोडसेडिङ हुदाँ रातैभर सुत्न नसकी उज्यालो भएको भन्दै स्थानियले गुनासो गर्ने गरेका छन् । दिनभर गर्मीले सास्ती हुने र रातको समयमा लोडसेडिङका कारण आरामले निदाउने नसक्ने उनीहरुको गुनासो छ ।


सम्बन्धित समाचार