Logo

२७ जेठ,वीरगञ्ज । मध्य तथा पश्चिमी तराईका भूभागमा तापक्रम अझै केही दिन नघट्ने र तातो हावा चल्ने क्रम जारी रहने अनुमान गरिएको छ।शनिबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गरी मौसम पूर्वानुमान महाशाखाले तापक्रम नघट्ने जनाएको हो।

शुक्रबार तराईका धेरैजसो भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन भएको थियो। चितवन, पर्सा, बारा र सर्लाही लगायतका जिल्लामा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा बढी मापन भएको महाशाखाले जनाएको छ।

महाशाखाले कोशी र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी र कर्णाली प्रदेशका थोरै स्थान र अरु प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।शनिवार राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।


सम्बन्धित समाचार