Logo

२८ जेठ, वीरगञ्ज । हिन्दी फिल्म उद्योगका मेगास्टार अभिनेता अमिताभ बच्चन र साउथ फिल्म उद्योगका मेगास्टार रजनीकान्त यी दुई दिग्गज अभिनेता ३२ वर्षपछि फिल्ममा सहकार्य गर्ने भएका छन् ।

रजनीकान्तले अमिताभसँग उनको फिल्म ‘थलाइवर १७०’मा सहकार्य गर्न लागेका हुन् । यो रजनीकान्तको करियरको १७० औँ फिल्म हो । फिल्ममा अमिताभको महत्वपूर्ण भूमिका रहने छ ।

फिल्म ‘पोन्नियन सेल्भन’ अभिनेता चियान विक्रमलाई सुरुमा अमिताभले निभाउने चरित्र प्रस्ताव गरिए पनि उनले समय नदिएपछि अमिताभले त्यो चरित्र निभाउन लागेका हुन् ।

तमिल सुपरस्टार रजनीकान्त हाल ‘जेलर’ र ‘लाल सलाम’मा व्यस्त छन् । यी दुई फिल्मपछि उनी टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’मा जोडिने छन् ।

अमिताभ र रजनीकान्तले सन् १९९१ को एक्सन ड्रामा फिल्म ‘हम’मा अभिनय गरेका थिए ।


सम्बन्धित समाचार