Logo

२९ जेठ, काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने नगर्ने भन्ने निर्णय असार १ भित्रमा गते हुने भएको छ । सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा पेस भएको कार्य योजनामा कार्कीविरुद्ध परेका उजुरीको अध्ययन र छलफलपछि असार १ गते भित्रमा निर्णय गर्ने तयारी गरेको हो ।

प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध जेठ १६ गते उजुरी आह्वान भएको थियो । १० दिनेको समय उजुरीका लागि दिइएकोमा २९ उजुरी परेका छन् । जेठ ३० र ३१ गते समितिले उजुरीकर्तासँग छलफल गर्नेछ ।

समितिसमक्ष कार्कीले प्रस्तुत गरेका कार्य योजना सदस्यहरूलाई उपलब्ध गराइएको छ । जेठ ३२ गते कार्कीलाई बोलाएर छलफल गर्ने कार्य तालिका छ । असार १ गते समितिले निर्णय गर्नेछ ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका २९ वटा उजुरीमाथि अध्ययन गर्न सोमबार समितिका सदस्यहरूलाई फोटोकपी वितरण गरिएको छ । कार्की गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश लागि सिफारिस भएका थिए । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जाने छन् ।


सम्बन्धित समाचार