Logo

२९ जेठ, बारा । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत बाराको निजगढ नगरपालिकाले आज १ सय ३० जना लाभग्राहीहरुलाई चेक हस्तान्तरण गरेको छ । एक कार्यक्रम बीच नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङले चेक हस्तान्तरण गरी नगरपालिकामा कार्याक्रमको शुभारम्भ गर्नुभएको हो ।

।विपन्न नागरिकहरुका खर, पराल, आसवेटस, विटुमिन, ड्रम, खपटा वा यस्तै प्रकृतिका आगो, पानी तथा हुरिबाट सहजै प्रभावित हुन सक्ने अन्य सामाग्रीबाट छाएका घरका छानालाई बिस्थापित गरी जस्तापाताको छाना लगाउन उक्त रकम प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा छनौट भएका लाभग्राहीहरुलाई पहिलो किस्ता बापत रु.४५ हजार उपलब्ध गराइएको निजगढ नगरपालिकाले जनाएको छ ।लाभग्राहीहरुले पहिलो किस्ता बापतको रकम बुझी सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि, २०७५ बमोजिम जस्ताको छाना लगाएपछि प्राविधिकहरुको अनुगमन पश्चात दोश्रो किस्ता बापत रु. ३० हजार रकम उपलब्ध गराइने निजगढ नगरपालिकाको नगर प्रमुख सुरथ पुरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार