Logo

२९ जेठ, प्युठान । प्युठानको भिङ्ग्रीमा भएको जीप दुर्घटनामा परेका आठ जनाकै ज्यान गएको छ । स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री चढेको लु १ च ६३४५ नम्बरको जीप भिङ्ग्रीको भ्यागुतेमा दुर्घटनामा परेको हो।

दुर्घटनामा जीपमा रहेका दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जनाकै ज्यान गएको हो ।

ज्यान गुमाउनेमा जीप चालक दाङको लमही नगरपालिका–५ का ताराबहादुर कुमाल, तुलसीपुर–१५ की ३५ वर्षीया सरीता शर्मा पोखरेल, उहाँका १४ वर्षीय छोरा विशाल पोखरेल र ९ वर्षीय छोरा विकास पोखरेल, लमही–७ गढवाका ४० वर्षीय गोविन्द शाह, उहाँकी श्रीमती ३० वर्षीया राधा नेपाली र उहाँका ९ वर्षीय छोरा आदित्य शाहको ज्यान गएको छ ।

ज्यान गुमाउनेमध्ये एक जनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापाले बताउनु भयो । मृतक सबैको शव जिल्ला अस्पताल प्युठानमा राखिएको थापाले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार