Logo

फाइल तस्बिर

३० जेठ,वीरगञ्ज । प्रहरीले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं.५ देवरियाबाट ३२ किलो लागू औषधि बरामद गरेको छन् ।

प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक मोहन नारायण यादवको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले सो परिमाणको लागुऔषध बरामद गरेको हो ।

प्रहरीले विषेश सुचनाको अधारमा आज विहान ३ बजे १२ किलो गाँजा र २० किलो चरेस गरी ३२ किलो लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल साहले जानकारी दिनुभयो ।

भने प्रहरीलाई देखेर फरार भएको र उनीहरुको खोजी कार्य भईरहेको प्रहरी उपरीक्षक साहले बताउनुभयो ।


सम्बन्धित समाचार