Logo

३० जेठ,सेढवा । पर्सा राष्टिय निकुन्जबाट वस्तीमा प्रवेश गरेको हरिणलाई गाउँलेहरुले नियन्त्रणमा लिएर गाउँपालिकाको कार्यालयमा बुझाएका छन् । पर्साको जिराभवानी गाउँपालिका वडा नं. २ सेढवा प्रवेश गरेका दुईवटा हरिणमध्ये एउटालाई नियन्त्रणमा लिईएको हो ।

वस्ती प्रवेश गरेका हरिणलाई कुकुरले देख्नासाथ लखेटेका थिए । सोही समयमा एउटा हरिणलाई स्थानियले नियन्त्रणमा लिएर गाउँपालिकाको कार्यालयमा बुझाएका हुन् ।

अर्को भने कुकरले लखेटेपछि .गाउँभन्दा पूर्वतर्फ भागेको स्थानिय बासिन्दाको भनाइ छ । नियन्त्रणमा लिईएको हरिणलाई हाल गाउँपालिका कार्यालयमा राखिएको र डिभिजन वन कार्यालयका कर्मचरीको जिम्मा लगाउने तयारी भईरहेको छ ।


सम्बन्धित समाचार