Logo

३१ जेठ,वीरगञ्ज । बाराबाट स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ परेका युवकको प्रहरीले परिरचय भने खुलाएको छैन । बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर १ खेखरिया नाकाबाट सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरैनियाको टोलीले स्रोत नखुलेको नेपाली रुपैयाँसहित उनलाई हिजो पक्राउ गरेको हो ।

सिमावर्ती गाँउबाट भारतिय नम्बरको मोटरसाइकलमा आइरहेका ति युवकलाई सशस्त्र प्रहरीले खेखरियामा रोकेर चेकजाँच गरेको थियो । सोही क्रममा उनको साथबाट श्रोत नखुलेको नेपाली १५ लाख रुपैँया फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनको साथबाट बरामद रकमको स्रोत नखुलेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका उनलाई बरामद रकम सहित उनी सवार मोटरसाइकललाई आवश्यक कारबाहीको लागि बारा प्रहरीको जिम्मा लगाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार