Logo

३१ जेठ,वीरगञ्ज । गर्मी घटेर तातो हावा “लू” चल्ने क्रममा पनि कमी आएसँगै विद्यालयमा नियमित पठनपाठन सुरु गराउन प्याब्सन पर्साले माग गरेको छ ।

विद्यार्थीको स्वास्थ्यमा असर नपर्ने गरि अनुकूल मौसम भएसँगै वीरगञ्जका सामुदायिक तथा संस्थागत विद्यालयमा नियमित रुपमा पठनपाठन सूचारु गराउन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन पर्साले माग गरेको हो ।

नेशनल प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठले हिजो पर्सामा पानी परेपछि मौसम अनुकूल हुँदै गएको भन्दै छिटोभन्दा छिटो पुनः विद्यालय खोलेर नियमित पठनपाठन सूचारु गराउनुपर्ने जानकारी दिनुभयो । उहाँका अनुसार अहिले घरबाट बाहिरै निस्किन नसकिने गर्मी छैन ।

बिहानी कक्षा सञ्चालन गराउँदा विद्यार्थीको स्वास्थ्यमा असर नपर्ने उहाँको भनाइ छ । गर्मी बढेसँगै जेठ १७ गतेदेखि २६ गतेसम्मका लागि वीरगञ्ज महानगरपालिकाले दिएको गर्मी बिदालाई दोस्रो पटक पनि गर्मी घट्नुको सट्टा झनै बढ्दै बिदा थप गरेर असार १ गतेसम्म बन्द गरेको छ ।


सम्बन्धित समाचार