Logo

वीरगञ्जका एक जना युवक साढे ५४ लाख रुपैयाँ बराबरको सुनसहित मकवानपुरको हेटौँडाबाट पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका–१६ निवासी २२ वर्षीय किसन साह पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोस्टमा आज बिहान ३ बजे यात्रुवाहक बस जाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित साहलाई पक्राउ गरेको थियोे ।

प्रहरीले उनको साथबाट करिव ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको जनाएको छ । मकवानपुरका प्रहरी नायब उपरीक्षक डिएसपी टेकबहादुर कार्कीले प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार साहले जुत्ताभित्र उक्त परिमाणमा सुन लुकाएको बताउनुभयो । पक्राउ परेका उनीविरुद्ध थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

 


सम्बन्धित समाचार